- ब्रह्ममदेव यादव, विराटनगर ६०५ पटक हेरिएको
बिहिबार, साउन १८, २०८० समय : १६:४७:४४ , १ वर्ष अगाडि
वेतनवृद्धिको माग गर्दै मजदुरहरुले विहीवार विराटनगरमा शक्ति प्रदर्शन गरेका छन् । सत्ताघटक र प्रमुख प्रतिपक्ष ठुला तीन राजनैतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट मजदुरहरुले सरकार र उद्योगीलाई समय साक्षेप वेतनवृद्धि गर्न दवाव श्रृजना गर्ने उद्देश्यका साथ सडकमा शक्ति प्रदर्शन गरिएको हो ।
नेपाली कांग्रेस निकट नेपाल ट्रेड यूनियन कांग्रेस कोशी प्रदेशका अध्यक्ष नारायण बाबु कार्की, यूनियनकै मोरङ अध्यक्ष सुशिल कोइराला र नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले मजदुर सडक शक्ति प्रदर्शनको नेतृत्व गरेका थिए ।
संयुक्त ट्रेड यूनियनका मजदुर नेताहरुले मजदुरको न्यूनतम तलव २५ हजार हुनुपर्ने माग गर्दै संघर्षका कार्यक्रमलाई अगाडी बढाई रहेका छन् । सरकारले प्रत्येक २/२ वर्षमा मजदुरको तलव बढाउने श्रम ऐनमा व्यवस्था गरेको छ । यतिखेर मजदुरको न्यूनतम तलव १४ देखि १५ हजार रहेका छन् । त्यसलाई बढाएर एकैपटक २५ हजार पुर्याउनु पर्ने माग गर्दै मजदुरहरुले सडक संघर्ष रोजेका छन् । सरकारले केही दिन भित्र मजदुरको तलव वृद्धिको घोषणा गर्र्दैछ ।