आन्दोलनकारीको माग सम्बोधन गर्ने कोशी प्रदेशका मुख्यमन्त्री थापाको प्रतिबद्धता

  • चिरफार डटकम, विराटनगर ५०३  पटक हेरिएको

शुक्रबार, साउन २६, २०८० समय : १३:३३:४६ , १ वर्ष अगाडि

कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलित आन्दोलनकारीको मागलाई सम्बोध गर्ने मुख्यमन्त्री उद्धव थापाले प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री थापाले कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलित आन्दोलनकारीको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कोशी प्रदेश नामाकरण विरुद्ध असन्तुष्ट जनता समाजवादी पार्टी नेपाललाई सरकारमा सहभागी गराउने टुंगो लागेपछि मुख्यमन्त्री थापाले आन्दोलनकारीको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेको हो । कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलित पक्षको मागलाई सम्बोधन गर्ने सहमति कायम भएपछि जनता समाजवादी पार्टी नेपालका तर्फबाट निर्मला तावा लिम्बु शुक्रबार नै मुख्यमन्त्री उद्धव थापाको सरकारमा सहभागि हुने टुंगो लागेको छ ।

मुख्यमन्त्री थापाले लिम्बुलाई कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने टुंगो लागेको हो । लिम्बु शुक्रबार स्वास्थ्य मन्त्री पदको सपथ ग्रहण लिने कार्यक्रम तय गरिएको छ ।