माघ ६ र ७ गते विराटनगरमा तेस्रो नेवाः महोत्सव

  • ... ८५४  पटक हेरिएको

बिहिबार, पुष २८, २०७९ समय : १६:२०:१३ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

झी पुचः विराटनगरले माघ ६ र ७ गते विराटनगरमा तेस्रो नेवाः महोत्सव तथा पर्यटन हाटको आयोजना गर्दैछ । नेपाल भाषा तथा सांस्कृति संघ झी पुचः विराटनगरले बिहीबार पत्रकार सम्मेलन गरेर तेस्रो नेवाः महोत्सवको भव्य तयारी थालिएको जानकारी गराए । महोत्सवमा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने छ ।

झी पुचः विराटनगरले २०६८ सालमा पहिलो र २०७२ सालमा दोस्रो भव्य नेवाः महोत्सवको सफल आयोजना गरिसकेको छ । र तेस्रो नेवाः महोत्सव आयोजना गर्ने तयारी थालिएको छ । झी पुचः विराटनगरका बरिष्ठ उपाध्यक्ष तथा तेस्रो नेवाः महोत्सव कार्यक्रम संयोजक भविषकुमार श्रेष्ठले २ दिनसम्म चल्ने नेवाः महोत्सवमा २० भन्दा बढि विभिन्न खाना परिकारका स्टल रहने जानकारी गराए ।

महोत्सव सम्पन्न गर्न ८ लाखभन्दा बढि रकम खर्च लाग्ने श्रेष्ठको भनाई छ । विराटनगर-१० स्थित बंलामुखी मार्गको झी पुचः भवनमा माघ ६ र ७ गते नेवारी खाना परिकार भोज महोत्सवको आयोजना गरिएकोले विराटनगर बासीलाई यसको लाभ लिन झी पुचः विराटनगरका अध्यक्ष हरि बहादुर श्रेष्ठले आग्रह गरेको छ ।

नेपालमा नेवार समुदायको १८ देखि २० परिकारको खाना पाइन्छ । र ती सबै खानाको परिकार महोत्सवमा उपलब्ध हुने छ । महोत्सवमा २० भन्दा बढि प्रकारका नेवारी खाना परिकारको स्टल रहने भएकोले ५ हजार भन्दा बढी सर्वसाधारणले महोत्सवको अवलोकन गर्ने झी पुचः विराटनगरका उपाध्यक्ष शरद श्रेष्ठ बताए ।

माघ ६ गते ३ बजे महोत्सवको उद्घाटन हुने कार्यक्रम रहेको छ । ७ गते भव्य समापनको कार्यक्रम रहेको झी पुचः विराटनगरका महासचिव सुरेशलाल श्रेष्ठले बताए ।