जोगबनीको व्यापार विराटनगरको दुई सुपर मार्केटले कब्जा गर्‍यो

  • ब्रह्मदेव यादव, विराटनगर ११००  पटक हेरिएको

मंगलबार, साउन ३०, २०८० समय : १७:१२:४९ , १ वर्ष अगाडि

नेपाल भारतको सिमान्त क्षेत्र जोगबनीमा हुने गरेको कारोबार विराटनगरको २ सुपर मार्केटले कब्जा गरेको छ । यतिखेर विराटनगर भाटभटेनी सुपर मार्केट र सेन्ट्रलमलमा मोटो रकम बाराबरको कारोबार भइ रहेकोछ । विराटनगर बजारमा हुने गरेको कारोबार मध्ये भाटभटेनी सुपर मार्केट र सेन्ट्रलमलले ८० प्रतिशत कारोबारको हिस्सा ओगटेको छ ।

विराटनगरबाट खाद्यनदेखि लत्ताकपडा खरीद गर्न जोगबनी जाने नेपाली ग्रहक भाटभटेनी र सेन्ट्रलमलमा किनमेल गर्ने गरेका छन् । विराटनगरको यी २ सुपर मार्केट सँग एउटै स्थानमा सबै सामान पाउने गरेको तथा व्यवस्थित सवारी साधन पार्किङ स्थल रहेकोले नेपाली ग्राहक किनमेल गर्न अन्यन्त्र जान छाडेका छन् । पार्किङको अभावमा विराटनगर बजार क्षेत्रमा संचालन भईरहेका व्यवसायीको कारोबार नग्न छ ।

विराटनगर महानगरपालिकाले नगरक्षेत्रको सडक मार्गमा सवारी साधनलाई पार्किङ गर्न निषेध गरिएकोले व्यवासयीको कारोबार नग्न हुन पुगेको हो । विराटनगरको गुद्री बजारमा किराना पसल संचालन गरिरहेका मोहन किरानाका मोहन शर्माले व्यवस्थित पार्किङको अभावमा कारोबार नग्न रहेको बताए । उनले खुद्रा तथा साना व्यवसायीलाई गरिखान दिन विराटनगर महानगरपालिकाले सडकको १ भागमा सवारी साधन पार्किङ गर्न दिनुपर्ने धारण व्यक्त गरे । विराटनगरको व्यापार २ सुपर मार्केटमा सरेपछि व्यवसायीको अवस्था नाजुक छ । विराटनगर नगरक्षेत्रको केही सटर पसल खाली छ । र खाली हुने क्रम जारी छ ।