- डिक्सन श्रेष्ठ (टक्सार), भोजपूर हाल विराटनगर ६०५ पटक हेरिएको
बिहिबार, साउन ३२, २०८० समय : १८:१०:१३ , १ वर्ष अगाडि
मेरा लागि सु-अमृत झै, खास बन्नु तिमी। मैले फेर्ने पल-पलको, सास बन्नु तिमी।। परिस्थिति जस्तो सुकै, किन नआओस र ? मेरा हरेक खुशीको, आभाष बन्नु तिमी ।। असफलताको चाङले, किच्नै लाग्दा मलाइ । सफलताको खातै-खातको, आश बन्नु तिमी ।। सांसरीक मोहको अवीरल्, यो यात्रा रोकी। ब्रम्हलीन हुँदा मेरो, आकाश बन्नु तिमी ।। हुरी बनी म कता-कता, बहकिदैँ गर्दा मेरै वरिपरी चल्ने, बतास बन्नु तिमी ।।