अब प्रत्येक शनिबार उद्योग संगठन मोरङमा साप्ताहीक तरकारी हाट बजार लाग्ने

  • ब्रह्मदेव यादव, विराटनगर ७६५  पटक हेरिएको

बुधबार, भाद्र १३, २०८० समय : १४:२४:२९ , १ वर्ष अगाडि

अब प्रत्येक शनिबार विराटनगर–२ स्थित उद्योग संगठन मोरङको कार्यालयमा साप्ताहीक तरकारी हाट बजार लाग्ने भएको छ । उद्योग संगठन मोरङले बुधबार पत्रकार सम्मेलन गरेर भाद्र १६ गते शनिबारदेखि संगठनकै हाता भित्र साप्ताहीक तरकारी हाट बजार लाग्ने जानकारी गराएको छ । २०७६ चैत्रमा कोभिड–१९ महामारीको पहिलो लक्ष्यण देखापर्नु अगाडीसम्म संगठनको हाताभित्र प्रत्येक शनिबार साप्ताहीक तरकारी हाट बजार लाग्ने गरेको थियो । तर कोभिड–१९ महामारी प्रकोपको कारण तरकारी बजार बन्द भएको थियो । र अहिलेसम्म तरकारी बजार बन्द नै छ ।

स्थानिय स्तरमा किशानले उत्पादन गरिरहेको अग्यानिक उत्पादन तरकारीको संरक्षण एवं संवद्धन गर्ने उद्देश्यका साथ पुनः साप्ताहीक तरकारी हाट बजारको आयोजना गर्न लागेको संगठनका अध्यक्ष राकेश सुरानाले जानकारी गराए । जनताकै माग अनुसार पुनः साप्ताहीक तरकारी हाट बजार लाग्न लागेकोले यसले निरन्तरता पाउने संगठनका बरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले बताए । उद्योग संगठन मोरङको महिला उद्यम समिति र नेपाली युवा उद्यमी मञ्चको आयोजनामा साप्ताही तरकारी हाट बजार लाग्न लागेको हो ।

महिला उद्यम समितिका सभापति प्रतिभा रिजाल ओली सहसंयोजक जयश्री जाजु नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष रंजित भगतले अग्यानिक उत्पादनलाई प्रोत्साहन गर्ने गरी साप्ताहिक तरकारी हाट बजारको आयोजना गर्न लागेको बताए । संगठनको हाता भित्र प्रत्येक शनिबार २० भन्दा बढि स्टलबाट अग्यानिक तरकारी विक्री हुने छ ।

साप्ताहीक हाट बजारमा तरकारी संगै ताजा फलफुल घरायसी प्रयोजनका सामग्री, हस्तकलाका सामग्री, दैनिक खाद्यवस्तु, गार्मेन्ट तथा श्रृंगारका सामग्री विक्री हुने छन् । प्रत्येक शनिबार बिहान ८ देखि १२ बजेसम्म तरकारी बजार सञ्चालनमा रहने छ ।