- चिरफार डटकम, विराटनगर ७६२ पटक हेरिएको
बिहिबार, भाद्र २१, २०८० समय : २२:०८:०९ , १ वर्ष अगाडि
५५औं संस्करणको श्रीराधाकृष्ण रथयात्रामा सहभागि धर्मावलम्बिहरुलाई विराटनगरमा भव्य स्वागत गरिएको छ । विहीबार विराटनगरमा निकालिएको श्रीराधाकृष्ण रथयात्रामा नेपालका १४ मेयर र २ उपमेयर सहित लाखौं धर्मावलम्बिहरु सहभागिता जनाए । कोभिड–१९ महामारी पछि भव्य रुपमा निकालिएको रथयात्रामा सहभागि धर्मावलम्बिहरुलाई विराटनगरका विभिन्न संघसंस्थादेखि व्यक्ति विशेषले लस्सी, सरवत, मिठाई, प्रसाद, चक्लेटदेखि सादा पानीले स्वागत गरेका थिए ।
विराटनगरका पवन सुराना, अशोक सुराना र अरुण सुरानाले रथयात्रामा सहभागि उच्चपद श्रेणीका विशिष्ट व्यक्तिदेखि सर्वसाधारणहरुलाई लस्सी, सरवत, चिसो पानी र चक्लेटले स्वागत गरेका थिए । विराटनगरका सुराना परिवारले ३५ वर्षभन्दा बढि समयदेखि रथयात्रामा सहभागि सर्वसाधारणलाई लस्सी, सरवत, चक्लेट र सादा पानी खुवाउने परम्परालाई यस वर्षपनि निरन्तरता दिएका छन् ।
विराटनगरको महाविर चौकमा मो. नसरुल नेतृत्वको नेपाल भारत मैत्री यूवा संघ मोरङ विराटनगरका पदाधिकारीहरुले रथयात्रामा सहभागि सर्वसाधारणहरुलाई सरवत र चिसो पानीले स्वागत गरेका थिए । विराटनगरकै महाविर चौकमा रौनियार सेवा समाज विराटनगर–११ ले सर्वसाधारणलाई सरवत, चिसो पानी र प्रसादले स्वागत गरेका थिए ।
समाजका अध्यक्ष अवधनारायण साह रौनियार र समाजका सदस्य राजकुमार रौनियार सहित समाजका पदाधिकारी र सल्लाहकारहरु सर्वसाधारणलाई सरवत पानी र प्रसादले स्वागत गरेका थिए । विराटनगरको अतिथि सदन अगाडी गोल ग्रुपका सदस्यहरुले रथयात्रामा सहभागि सर्वसाधारणहरुलाई प्रसाद, चिसो पानी र सवरतले स्वागत गरेका थिए । विराटनगरको तिनपैनी चौकदेखि बजारको विभिन्न भागमा स्टल राखेर विभिन्न संघसंस्था र क्लबका पदाधिकारीहरुले सरवत र सादा पानीले स्वागत गरेका थिए ।