विराटनगरमा ७ दिने दशैँ फुड फेस्टिवल 

  • चिरफार डटकम, विराटनगर ५६०  पटक हेरिएको

आइतबार, आश्विन ०७, २०८० समय : १६:५१:५९ , १ वर्ष अगाडि

नेपालीहरूको महान चाड पर्व विजया दशमीको अवसर पारेर मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ विराटनगरमा ७ दिने दशैँ फुड फेस्टिवलको आयोजना गर्न लागेको हो । मञ्जिना मुभिज क्रिएसनभाजु युवराज फाउण्डेसनले आयोजना गर्न लागेको हो । मञ्जिना मुभिज क्रिएसनको तर्फबाट जतिन ताम्राकार र भाजु युवराज फाउण्डेसनको तर्फबाट यूनेशराज श्रेष्ठले आइतबार पत्रकार सम्मेलन गरेर असोज २८ देखि कार्तिक ४ गतेसम्म विराटनगरको हिमालय रोडमा दशैँ फुड फेस्टिवलको आयोजना गर्न लागेको जानकारी गराए ।

विराटनगर महानगरपालिकाले काठमाडौं सहित देशको विभिन्न भागबाट विजया दशमीको टिका लगाउन विराटनगर आउँने जोकोहीलाई मनोरञ्जन प्रदान गर्ने हिमालय रोडको सडकमा दशैँ फुड फेस्टिवल आयोजना गर्न मञ्जिना मुभिज क्रिएसनभाजु युवराज फाउण्डेसनलाई ठाउँ उपलब्ध गराएको हो । दशैँ फुड फेस्टिवलमा नेवारी, मारवाडी, थारू लगायत विभिन्न जातका २० देखि २५ वटा जातीय परिकारको खानाको स्टल रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

फेस्टिवलको अवधि भरी राष्ट्रिय कलाकारहरूले गीत प्रस्तुती गर्ने कार्यक्रम तय गरिएको छ । दशैँ कार्निभल फुड फेस्टिवल २०८० सम्पन्न गर्न ३१ लाख भन्दा बढि रकम खर्च हुने आयोजकले जानकारी गराएका छन् ।