विराटनगरमा १ करोडको लगानीमा खुल्यो ओपन हाउस लाउन्ज एण्ड बार

  • ब्रह्मदेव यादव, विराटनगर १५२८  पटक हेरिएको

बिहिबार, आश्विन ११, २०८० समय : १७:५५:२९ , १ वर्ष अगाडि

धरान विराटनगर सडक खण्डको बरगाछी पिपलचोकमा १ करोड भन्दा बढि रकमको लगानीमा सुविधा सम्पन्न ओपन हाउस लाउन्ज एण्ड बार रेष्टुरेन्ट खुलेको छ । महिला उद्यमी एवं शिक्षा सेवी श्रृती शर्माले १ करोड भन्दा बढि रुपैयाँ खर्चेर विराटनगर महानगरपालिकाको वडा नं. ३ स्थित धरान विराटनगर सडक खण्डको पिपलचोकमा ओपन हाउस लाउन्ज एण्ड बार रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।

असोज १२ गते शुक्रबार रेष्टुरेन्टको उद्घाटन हुनेछ । र लगत्तै रेष्टुरेन्ट सञ्चालनमा आउनेछ । रेष्टुरेन्ट सञ्चालन भएको पहिलो दिन शुक्रबार बार एण्ड रेष्टुरेन्टका सञ्चालिका श्रृती शर्माले ग्राहकलाई २ बोतल बियरमा १ बोतल बियर फ्रि उपलब्ध गराउने उपहार कार्यक्रम राखेकी छिन् । रेष्टुरेन्ट सञ्चालनमा ल्याएको अवसर पारेर १ हप्तासम्म ग्राहकलाई खानाका सबै परिकारमा १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ । प्रत्येक दिन दिउँसो १२ः०० बजेदेखि राती १०ः०० बजेसम्म बार एण्ड रेष्टुरेन्ट सञ्चालनमा रहनेछ ।

सुविधा सम्पन्न रेष्टुरेन्टमा तल्लो र माथिल्लो तल्लामा एकैपटक १०० जनासम्म सेवा प्रदान गर्ने व्यवस्थापन गरेको छ । रेष्टुरेन्टको भुइँतल्लामा गार्डेन र माथिल्लो तल्लामा (रुफ टप) को व्यवस्था गरिएको छ । माथिल्लो तल्लाको रुफ टपमा ग्राहकले खुल्ला वातावरणमा बसेर नेपाल सहित विभिन्न देशका खानाका परिकारको स्वाद लिन सक्नेछ । रेष्टुरेन्टमा दिनभरी थकाली खाना सहित माटोको भाडामा हण्डी ब्रियानी लगायत सबै प्रकारको मासुको स्वाद लिन सकिने छ । मासुको परिकार नखाने भेजिटेरियन ग्राहकलाई शुद्ध शाकाहारी खानाको व्यवस्थापन गरिनेछ ।

बार एण्ड रेष्टुरेन्टका सञ्चालिका शर्माले यस अघि काठमाडौंमा रेष्टुरेन्ट सञ्चालन गरिसकेकी छिन् । र विराटनगर वासीलाई सेवा प्रदान गर्ने उद्देश्यका साथ पिपलचोकमा ओपन हाउस लाउन्ज एण्ड बार रेष्टुरेन्ट सञ्चालनमा ल्याएकी हुन् । रेष्टुरेन्टमा आउने ग्राहकका लागि सुविधा सम्पन्न सवारी साधन पार्किङको व्यवस्था गरिनेछ ।