- चिरफार डटकम, विराटनगर ४२१ पटक हेरिएको
आइतबार, आश्विन २१, २०८० समय : १८:४०:२० , १२ महिना अगाडि
मोरङ प्रहरीले आइतबार विराटनगरबाट ३ लाख भन्दा बढि रुपैयाँको तस्करीको औषधि बरामद गरेको छ । प्रहरीले ओकेरोन, माइक्रोफिट र ग्यासनोल नामको मोटो परिमाणमा औषधि बरामद गरेको हो ।
भारतबाट अवैध तरिकाले नेपाल भित्र्याइ रहेको ३ लाख २१ हजार रुपैयाँ बराबरको औषधि विराटनगर–१४ स्थित जतुवाबाट बरामद गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रमुख, प्रहरी निरीक्षक सन्दिप बेल्बासेले जानकारी गराएको छ ।
भारतबाट भन्सार छलेर औषधि विराटनगर भित्र्याइ रहेको सूचनाको आधारमा सि.आर.भी.का प्रहरी सहायक निरीक्षक पुण्यप्रसाद धमला नेतृत्वको टोलीले औषधि बरामद गरेको हो । प्रहरीले तस्करीको औषधि बरामद गरेपनि औषधि ल्याउने व्यक्ति फरार भएको प्रहरीले जानकारी गराएको छ ।