- चिरफार डटकम, विराटनगर ९८९ पटक हेरिएको
बुधबार, आश्विन २४, २०८० समय : १८:१६:३४ , १ वर्ष अगाडि
इजरायल आक्रमणमा मारिएका १० जना नेपाली विद्यार्थीहरूको सम्झनामा जनता समाजवादी पार्टी नेपालले बुधबार विराटनगरमा दीप प्रज्ज्वलन सहित श्रद्धाञ्जली सभा गरेको छ । जनता समाजवादी पार्टी नेपाल विराटनगर महानगर समितिले बुधबार साँझ विराटनगरको जनआन्दोलन चौकमा आयोजना गरेको दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जली सभामा पार्टीका सयौँ नेता तथा कार्यकर्ताहरू सहभागिता जनाएका छन् ।
जनता समाजवादी पार्टी नेपाल विराटनगर महानगर समितिका उपाध्यक्ष मो. नसरुलको अध्यक्षतामा भएको दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जली सभा कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य कुन्ता राई, मोरङ जिल्ला उपाध्यक्ष महेश्वर यादव, विराटनगर महानगर समितिका सचिव रामचन्द्र यादव, सहसचिव विकास मण्डल, कोषाध्यक्ष रुस्तम आली, विद्यार्थी नेता राकेश रोशन यादव, विराटनगर–१२ का वडाध्यक्ष हिरालाल कामत, समाजवादी ट्रेड युनियन महासंघ कोशी प्रदेश सदस्य सत्यनारायण यादव, मुन्ना साह, लालबाबु साह, कृष्ण चौधरी, महिला नेतृ गुडिया साह, कमला साह, हुसना खातुन, बदमिया साह लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
जनता समाजवादी पार्टी नेपाल विराटनगर महानगर समितिका उपाध्यक्ष मो. नसरुलले प्यालेस्टाइनी आतंककारी समूह हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका १० नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । इजरायलमा घाइते भएका विद्यार्थी सहित नेपालीहरूको शिघ्र स्वास्थ्य लाभको नसरुलले कामना समेत गरेका छन् । इजरायलमा अलपत्र परेका नेपाली विद्यार्थी र नेपालीहरूलाई अविलम्ब नेपाल फर्काउन पहलकदमी लिन नसरुलले सरकारलाई सुझाव दिएका छन् ।