- ... ७२६ पटक हेरिएको
आइतबार, माघ ०१, २०७९ समय : १४:१४:०४ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
आइतबार बिहान पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ विदेशी सहित ७२ जनाको मृत्यु भएको छ । जसमा चालक दलका ४ सदस्य रहेको छन् ।
विमानमा ४१ महिला, २७ पुरुष र ३ बालबालिका रहेका थिए ।
आइतबार बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौं विनास्थलबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर ७२ बिमान ११ बजेको आसपास पोखरा विमानस्थल नजिक दुर्घटनाग्रस्त भएको थियो । चर्चित गाइका निरा छन्त्यालको पनि विमान दुर्घटनामा निधन भएको छ ।
पोखराको सेतो खोचसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टावरको सम्पर्कमा रहेको विमान पोखरा विमानस्थलको २ किलोमिटर टाढा सम्पर्क बिहिन भएर दुर्घटनाग्रस्त भएको थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले पोखरा विमानस्थल नजिक सेतो खोचमा दुर्घटनाग्रस्थ विमानबाट मृत्तकको शव निकाल्ने क्रम जारी रहेको बताए । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पोखरा विमान दुर्घटनामा ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।