- ... ७१४ पटक हेरिएको
आइतबार, माघ ०१, २०७९ समय : १४:४४:५७ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
विराटनगर–९ स्थित श्रीपञ्चमुखी हनुमान मन्दिरले माघे संक्रान्तीको अवसरमा आइतबार २ हजारभन्दा बढि सर्वसाधारणलाई खिचडी वितरण गरेको छ ।
मन्दिरका अध्यक्ष भगवानलाल साह, उपाध्यक्ष जुगलकिशोर राठी, कोषाध्यक्ष राजेन्द्रप्रसाद गुप्ता र नेपाल उद्योग परिसंघ विराटनगरका उपाध्यक्ष देवेन्द्र गुप्ता लगायतका पदाधिकारीहरुले सर्वसाधारणहरुलाई प्रसादको रुपमा खिडची वितरण गरेका थिए ।
मन्दिर व्यवस्थापन समितिले प्रत्येक वर्ष माघे संक्रान्तीको अवसरमा प्रसादको रुपमा खिचडी वितरण गर्दै आइरहेको छन् । मन्दिरका कोषाध्यक्ष गुप्ताले ७५ केजी चामलको खिचडी वितरण गर्न १ लाख रुपैयाँ भन्दा बढि रकम खर्च भएको बताए ।