
- चिरफार डटकम, विराटनगर ६८२ पटक हेरिएको
शुक्रबार, कार्तिक १७, २०८० समय : १५:४९:२१ , १ वर्ष अगाडि
धनाढ्य उद्योगपति विनोदकुमार चौधरीले नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.सी.सी.आइ.) मा मारवाडी समुदाय माथि भेदभाव हुने गरेको धारणा व्यक्त गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघलाई शक्तिशाली उद्योगी व्यवसायीको संस्था बनाउन मारवाडी समुदायको ठुलो देन छ । तर संस्था शक्तिशाली भइसकेपछि मारवाडी समुदाय माथि भेदभावको सुरुवात भएकोले मारवाडी समुदाय जहिले पनि अगाडिको नभइ पछाडिको कुर्सीमा बस्नु पर्ने अवस्था सृजना भएकोले उद्योगी व्यवसायीको हक हित संरक्षण एवं संवर्द्धनका लागि बेग्लै नेपाल उद्योग परिसंघ (सी.एन.आइ.) को गठन गरेको बताए ।
नेपाल अग्रवाल सभा विराटनगरले शुक्रबार विराटनगरमा आयोजना गरेको नेपाल अग्रगौरव सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाको सदस्य तथा धनाढ्य उद्योगी विनोदकुमार चौधरीले नेपाल उद्योग वाणिज्य महासंघबाट अलग भएर नेपाल उद्योग परिसंघ गठन गरेको रहस्यसृजना बाहिर ल्याएको छ ।