कर्णाली प्रदेशको भूकम्प पीडितलाई एफ.एन.सी.सी.आइ. कोशी प्रदेशको १ लाख २१ हजार सहयोग 

  • चिरफार डटकम, विराटनगर ४२४  पटक हेरिएको

मंगलबार, कार्तिक २१, २०८० समय : १३:५३:१४ , १ वर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.सी.सी.आइ.) कोशी प्रदेश समितिले कर्णाली प्रदेशको भूकम्प पीडित परिवारलाई १ लाख २१ हजार रुपैयाँ सहयोग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं उद्योगी राजेन्द्र राउतले कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन राहत कोषमा १ लाख २१ हजार रुपैयाँ पठाएका छन् ।

अध्यक्ष राउतले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशसँग आवद्ध नगर, जिल्ला तथा वस्तुगत संघदेखि उद्योगी व्यवसायीहरूलाई कर्णाली प्रदेशको भूकम्प पीडित क्षेत्र जाजरकोट र रुकुमवासीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

मंगलबार चिरफार डटकम सँग कुरा गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले विपद्को बेला कर्णाली प्रदेशको जाजरकोट र रुकुम जिल्लाका भूकम्प पीडित परिवारका लागि १ लाख २१ हजार रुपैयाँ सहयोग गरेको बताए ।