डा. डि.बि. क्षेत्री नेपाल सरकारको उत्कृष्ट कर्मचारी 

  • चिरफार डटकम, विराटनगर १२९८  पटक हेरिएको

बुधबार, मंसिर ०६, २०८० समय : १७:२४:५३ , १ वर्ष अगाडि

आन्तरिक राजश्व विभाग काठमाडौँले डा. डि.बि. क्षेत्रीलाई नेपाल सरकारको उत्कृष्ट कर्मचारी घोषणा गरेका छन् । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्रीलाई आन्तरिक राजश्व विभागले १२औं राष्ट्रिय कर दिवस एवं कर सप्ताह २०८० को अवसरमा उत्कृष्ट कर्मचारी घोषणा गरेको हो ।

आन्तरिक राजश्व विभागले १२औं राष्ट्रिय कर दिवस एवं कर सप्ताह २०८० को अवसरमा बिहीबार काठमाडौंमा आयोजना गर्ने कार्यक्रममा अर्थमन्त्री डा. प्रकाश शरण महतको हातबाट नगद सहित उत्कृष्ट कर्मचारीको प्रमाण–पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।

वर्षभन्दा बढि समयदेखि आन्तरिक राजश्व कार्यालय विराटनगरमा कार्यरत प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्रीले देश चरम आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा सन्तोषजनक रुपमा कर असुली गरिरहेका छन् ।