- चिरफार डटकम, विराटनगर ५१७ पटक हेरिएको
सोमबार, मंसिर ११, २०८० समय : १७:०४:५० , ११ महिना अगाडि
नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.सि.सि.आई.) कोशी प्रदेश विराटनगरले कृषि समाचार सम्प्रेषण गर्न संचारकर्मीहरुका लागि सोमबार एकदिने अभिमुखिकरण कार्यक्रम आयोजना गर्यो । कोशी प्रदेशलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका ३० जना भन्दा बढि संचारकर्मीहरु अभिमुखीकरण कार्यक्रममा सहभागिता जनाएका थिए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष उद्योगी राजेन्द्र राउतले कोशी प्रदेशको उत्पादन चियारंग भारत निर्यात भईनरहेकोले सरकारको ध्यान जान जरुरी रहेको बताए ।
कोशी प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट आयात भई रहेको सामग्रीमा कायम रहेको भन्सार राजश्व दरमा ३ गुणाभन्दा बढि भन्सार राजश्व कायम गर्न सरकारलाई सुझाव दिए । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव पशुपति पोखरेलले प्रदेशमा उत्पादन भई रहेको कृषि सामग्रीको अवस्था र बजारको बारेमा अभिमुखीकरण कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कोशी प्रदेशको १४ वटै जिल्लामा बाख्रा पालन भई रहेको र देशलाई चाहिने ४५ प्रतिशत भन्दा बढि बंगुर कोशी प्रदेशमै उत्पादन भइरहेको बताए । पत्रकार महाप्रसाद खतिवडाले कृषि पत्रकारिता र लेखनशैलीका बारेमा अभिमुखिकरण कार्यक्रममा कार्यपत्र गरेका थिए । नेपाल कृषि बजार विकास कार्यक्रमले अभिमुखीकरण कार्यक्रमलाई सहयोग गरेका छन् । नेपाल कृषि बजार विकास कार्यक्रमका मेनेजर विष्णु काफ्लेको कार्यक्रममा सहभागिता रहेको थियो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण (श्याम) भण्डारीले संचारकर्मीहरुलाई स्वागत गरेका थिए ।