- चिरफार डटकम, विराटनगर ३९८ पटक हेरिएको
आइतबार, मंसिर २४, २०८० समय : १७:४०:१५ , १० महिना अगाडि
नेपाली विद्यार्थीलाई अध्ययनका लागि भारत आउन नासिक विश्व विद्यालय महाराष्ट्रले निम्तो गरेको छ । महाराष्ट्र (मुम्बई) नासिक विश्वविद्यालयका अध्यक्ष डा. संदिप झाले विराटनगरमा एक शैक्षिक अन्र्तक्रिया कार्यक्रम गरेर नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि भारत आउन आग्रह गरेका छन् ।
विराटनगर स्थित कान्तिपुर कन्सल्टेन्सी प्रा.लि. ले शनिबार विराटनगरमा आयोजना गरेको शैक्षिक अन्र्तक्रिया कार्यक्रममा नासिक विश्वविद्यालयका अध्यक्ष डा. संदिप झाले उच्च शिक्षा अध्ययन र अध्ययन पछि सहज रुपमा रोजगारीका लागि बिएसी माइक्रो बायोलोजी र एमएसी माइक्रो बायोलोजी सहित आधा दर्जन भन्दा बढि विभिन्न विषयको कार्यक्रम अध्ययन हुने गरेकोले अध्ययन गर्न आउन नेपाली विद्यार्थीलाई आग्रह गरेका छन् ।
कार्यक्रममा कान्तिपुर कन्सल्टेन्सी प्रा.लि. का संस्थापक अध्यक्ष गुणानन्द महत्तो लगायत शैक्षिक क्षेत्रमा काम गरी रहेका विभिन्न कन्सल्टेन्सीका संचालकहरुले उच्च शिक्षा अध्ययन गर्न नेपाली विद्यार्थीका लागि भारत राम्रो ठाउँ रहेको बताए ।