“उद्योगी व्यवसायीलाई सही कारोबार देखाउन आन्तरिक राजश्व विभागका महानिर्देशक मैनालीको सुझाव” 

  • ब्रह्मदेव यादव, विराटनगर ६४०  पटक हेरिएको

शुक्रबार, पुष २०, २०८० समय : १५:५६:५४ , ९ महिना अगाडि

आन्तरिक राजश्व विभागका महानिर्देशक दिर्घराज मैनालीले सही कारोबार देखाएर राज्यलाई तिर्नुपर्ने कर तिर्न उद्योगी व्यवसायीलाई सुझाव दिएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरले शुक्रबार उद्योगी व्यवसायीको संघ संगठनका पदाधिकारीहरूसँग आयोजना गरेको आन्र्तरिक कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक मैनालीले उद्योगी व्यवसायीलाई यस्तो सुझाव दिएको हो ।

अन्र्तक्रिया कार्यक्रममा महानिर्देशक मैनालीले भनेः आन्तरिक राजश्व विभाग सूचना प्रविधिको प्रयोग गरेर अगाडि बढि रहेको अवस्थामा उद्योगी व्यवसायी सही कारोबार देखाएर नाफा गरेको रकमबाट राज्यलाई वास्तविक कर तिर्नुपर्छ । गलत कारोबार देखाएर कर छली गरेको पाइएमा राज्यले दण्डित गर्छ । र बेइज्जती सहेर राज्यलाई कर तिनै पर्छ । त्यसकारण गलत कारोबार तिर नलागी सही कारोबार गर्नुपर्छ । र राज्यलाई तिर्नुपर्ने वास्तविक कर तिर्न महानिर्देशक मैनालीले उद्योगी व्यवसायीलाई सुझाव दिए । कसैले १ रुपैयाँ कर तिर्नुपर्ने ठाउँमा ५० पैसामा मिलाइ दिन्छु भनेर गलत सल्लाह दिन्छ भने त्यस्तो गलत सल्लाहको पछि नलाग्न महानिर्देशक मैनालीले उद्योगी व्यवसायीलाई सुझाव दिए ।

उद्योगी व्यवसायीले गरेको कारोबारको सम्पूर्ण विवरण राज्य सँग सुरक्षित रहेकोले केही समयका लागि गलत कारोबारको विवरण देखाएर लुकाएको रकम पछि तिनै पर्ने भएकोले त्यस्तो गलत कारोबार नगर्न मैनालीले उद्योगी व्यवसायीलाई सुझाव दिए । कार्यक्रममा महानिर्देशक मैनालीले अधिकारको दुरुपयोग गरेर अनुचित तरिकाले कर निर्धारण गरी राज्यलाई नोक्सानी पुर्‍याउने कर अधिकृतदेखि प्रमुख कर अधिकृतलाई आन्तरिक राजश्व विभागले कारवाही गर्ने बताए । कर अधिकृत मिलाउने नाममा उद्योगी व्यवसायीबाट अनुचित तरिकाले असुली गरी रहेको रकम बिचौलियाले हिनामिना गरी रहेकोले उद्योगी व्यवसायी र कर अधिकृतदेखि प्रमुख कर अधिकृत मिलेर सुधार गर्नुपर्ने आवश्यकता रहेको महानिर्देशक मैनालीले बताए ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्री, विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाल, नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष भीम घिमिरे, परिसंघका कोशी प्रदेश अध्यक्ष पवन सारडा, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, मोरङ व्यापार संघका बरिष्ठ उपाध्यक्ष अनुपम राठी, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, विराट व्यापार संघका अध्यक्ष नरेश खत्री, नेपाल चार्टर एकाउन्टेन्ट संस्था विराटनगर शाखाका अध्यक्ष सिए अश्विनी बंशल लगायत उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो ।