- ब्रह्मदेव यादव, विराटनगर ११२३ पटक हेरिएको
आइतबार, पुष २२, २०८० समय : १६:१०:२३ , ९ महिना अगाडि
विराटनगरका बरिष्ठ समाजसेवी दिनबन्धु गोयलले हिन्दु स्वयम सेवक संघ नेपालको भवन निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेका छन् । हिन्दु स्वयम सेवक संघ नेपाल कोशी प्रदेश समितिको अढाई करोड रुपैयाँको लागतमा विराटनगरमा भवन निर्माण भई रहेको छ ।
हिन्दु स्वयम सेवक संघ नेपालका केन्द्रिय सहसचिव महेन्द्रप्रसाद साहको नेतृत्वमा संघको टोली आइतबार बिहान समाजसेवी गोयलको घरमा सहयोग रकम लिन पुगेका थिए । समाजसेवी गोयलले साह नेतृत्वको संघको टोलीलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । टोलीमा कोशी प्रदेश संघचालक सियाराम रौनियार र प्रचारक मुकेश साह सहभागि थिए ।
विराटनगरको प्रतिष्ठित औद्योगिक घराना देवेनरा समूहले विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित नेपाल टेलिकम विराटनगर शाखा कार्यालय नजिक उपलब्ध गराएको १ कठ्ठा ७ धुर बहुमूल्य जग्गामा संघको कोशी प्रदेश कार्यालयको भवन निर्माणको काम जारी छ । मोरङ व्यापार संघका पूर्व अध्यक्ष एवं व्यवसायी शंकरलाल अग्रवालको संयोजकमा १५ सदस्यीय भवन निर्माण समिति गठन गरेर संघको भवन निर्माण कार्य भई रहेका छन् ।