माघ ११ गते विराट व्यापार संघको १२औं साधारण सभा 

  • चिरफार डटकम, विराटनगर ५२६  पटक हेरिएको

मंगलबार, माघ ०२, २०८० समय : १८:०६:३९ , ९ महिना अगाडि

यही माघ ११ गते विहीबार विराट व्यापार संघ विराटनगरको १२औं साधारण सभा हुदैछ । विराटनगरको पिपलचोक स्थित होटल कञ्चजङ्घा ब्याङ्केटमा संघको साधारण सभा आयोजना गर्ने मिति तय भएको अध्यक्ष नरेश खत्रीले बताए ।

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा संघको साधारण सभा हुन लागेको हो । साधारण सभाबाट २२ सदस्यीय पदाधिकारी सहित कार्यसमिति सदस्य चयन हुने संघका कार्यकारी अधिकृत धरणीधर निरौलाले जानकारी गराए ।

संघमा ५ सय भन्दा बढि सदस्य रहेका छन् । र सबै सदस्यहरूले १२औं साधारण सभामा आफ्नो मतको प्रयोग गर्ने छ ।