उद्योगी राजेन्द्र राउतको सहयोगमा आमाको माया छात्रावासमा ४ विद्यार्थी शिक्षा आर्जन गर्दै 

  • ब्रह्मदेव यादव, विराटनगर ५५८  पटक हेरिएको

शुक्रबार, माघ ०५, २०८० समय : १८:२२:३१ , ९ महिना अगाडि

नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.सी.सी.आई.) कोशी प्रदेश समितिका अध्यक्ष तथा प्रतिष्ठित औद्योगिक घराना शिवम् अर्गनाइजेशनका अध्यक्ष उद्योगी राजेन्द्र राउतको सहयोगमा ४ जना विद्यार्थी विराटनगरमा शिक्षा आर्जन गरिरहेका छन् । उद्योगी राउतको सहयोगमा जनजाति कल्याण आश्रम नेपाल अन्तर्गत विराटनगरस्थित आमाको माया छात्रावासमा ४ जना विद्यार्थीले शिक्षा आर्जन गर्ने अवसर पाएका छन् ।

माघ १ गते माघे संक्रान्तिको अवसरमा विराटनगरस्थित आमाको माया छात्रावासको वार्षिकोत्सव एवं सामूहिक खिचडी वितरण कार्यक्रममा उद्योगी राउतले छात्रावासमा अध्ययनरत ४ जना विद्यार्थीको वार्षिक खर्च व्यहोर्ने घोषणा गर्दै विद्यार्थीहरूको भरण पोषण सहित शिक्षा दिलाउने अभिभारा लिएको हो । यस अघि उद्योगी राउतले २ विद्यार्थीको वार्षिक खर्च ब्यहोरी रहेका थिए । अब २ थपेर ४ जना विद्यार्थीको वार्षिक खर्च व्यहोर्ने जिम्मेवारी लिएको हो ।

कार्यक्रममा उद्योगी राउतले आमाको माया छात्रावासलाई ११ क्विन्टल चाम उपलब्ध गराउने घोषणा गरेका छन् । जनजाति आश्रम नेपाल आमाको माया छात्रावास विराटनगरका अध्यक्ष विजयकुमार लखोटियाले उद्योगी राउतको सहयोगले ४ जना गरिब विद्यार्थीलाई शिक्षा आर्जन गर्ने बाटो खुलेको बताए ।