गुडलाइफ बिस्कुटको श्रीराम मन्दिर 

  • चिरफार डटकम, विराटनगर ३९२  पटक हेरिएको

मंगलबार, माघ ०९, २०८० समय : १४:५४:२१ , ११ महिना अगाडि

सोमबार विराटनगरमा हजारौं हिन्दु धर्मावलम्बीहरूले गुडलाइफ बिस्कुटबाट निर्माण गरिएको श्रीराम मन्दिरको अवलोकन गरेका छन् । विराटनगरको प्रतिष्ठित औद्योगिक घराना महेश जाजुद्वारा संचालित गुडलाइफ बिस्कुट कन्फेक्सनरी उद्योगले गुडलाइफ बिस्कुटबाट श्रीराम मन्दिर निर्माण गरेका थिए । भारतको अयोध्यामा ५ सय ५० वर्ष पछि विशाल श्रीराम मन्दिर निर्माण भएर सोमबार मन्दिरको प्राणप्रतिष्ठा भएको छ ।

भारत अयोध्याको श्रीराम मन्दिरको निर्माण कार्यको कलाकारिताबाट सन्तुष्ट विराटनगरका उद्योगी महेश जाजुले अयोध्या श्रीराम मन्दिरकै कलाकारिता प्रस्तुत हुने गरी गुडलाइफ बिस्कुटबाट श्रीराम मन्दिर निर्माण गरेका थिए । सुनसरीमा सञ्चालित गुडलाइफ बिस्कुट कन्फेक्सनरी बिस्कुट उद्योगले गुडलाइफ बिस्कुटबाट श्रीराम मन्दिर निर्माण गरेका थिए ।

यसरी बिस्कुटबाट निर्माण गरिएको श्रीराम मन्दिरलाई गाडी मार्फत विराटनगर ल्याएका थिए । विराटनगरको महेन्द्र चोकमा राखिएको बिस्कुटको श्रीराम मन्दिर हेर्न सोमबार हिन्दु धर्मावलम्बीहरूको घुइँचो नै लागेको थियो ।