- ब्रह्मदेव यादव, विराटनगर ४५२ पटक हेरिएको
आइतबार, माघ १४, २०८० समय : १५:५३:२२ , ९ महिना अगाडि
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीद्वारा अगाडि सारिएको तीन महत्वपूर्ण उपलब्धीमूलक कार्यले खुबै चर्चा बटुल्न थालेका छन् । मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले समग्र कोशी प्रदेश बासीको हक हितका लागि स्वास्थ्य स्यंमसेवीकालाई मासिक रुपमा प्रोत्साहन भत्ता, १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क स्वास्थ्य उपचार सेवा र गरिब विपन्न तथा जेहनदार विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिमा प्राविधिक उच्च शिक्षा अध्ययनको व्यवस्था जस्ता उपलब्धीमूलक कामको खुबै प्रशंसा भई रहेको छ ।
मुख्यमन्त्री कार्कीले अगाडि सारेको ३ महत्वपूर्ण उपलब्धीमूलक कार्यलाई निरन्तरता दिन अघिल्लो सरकारले अगाडि सारेको केही योजनाको बजेट कटौती गरेका छन् । ती बजेट रकम ३ महत्वपूर्ण उपलब्धि कार्यमा खर्च गर्ने व्यवस्था गरेका छन् । अघिल्लो सरकारले बजेट मार्फत व्यवस्था गरेको टुक्राटुक्री ढल नालाको विकास निर्माण योजनाको बजेट कटौती, कुल देवी देवता वंशावलीको बजेट कटौती र मठमन्दिर योजनाको बजेट कटौती गरेका छन् ।
मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले कोशी प्रदेशमा प्राविधिक उच्च शिक्षा अध्ययन गर्न नसक्ने गरिब विपन्न तथा जेहनदार विद्यार्थीलाई सरकारी रकमबाट अध्ययन गराएर योग्य नागरिक बनाउने अभिभारा लिएका छन् । अब कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको पहल र प्रयासबाट गरिब विपन्न समुदायका छोराछोरीदेखि जेहनदार विद्यार्थीले सरकारी पूर्ण छात्रवृत्तिको रकमबाट डाक्टर, इन्जिनियर, नर्स, वकिल सँगै प्राविधिक शिक्षा अध्ययन गर्न पाउने छन् ।