- चिरफार डटकम, विराटनगर ५५१ पटक हेरिएको
आइतबार, माघ १४, २०८० समय : १७:३७:१६ , ८ महिना अगाडि
नेपाल सरकारलाई कोशी प्रदेशका उद्योगी व्यवसायीहरूले कर प्रणाली सम्बन्धी सुझाव दिएका छन् । नेपाल सरकारले कर प्रणाली सम्बन्धी गठन गरेको समितिलाई उद्योगी व्यवसायीले आ–आफ्नो संघ संगठनको तर्फबाट उद्योग व्यवसायी मैत्री कर प्रणाली निर्माण गर्न सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ एफ.एन.सी.सी.आई. कोशी प्रदेश राजश्व समितिका सभापति उद्योगी देवकीनन्दन अग्रवालले उद्योगी व्यवसायी मैत्री कर नीति निर्माण गर्न सरकारद्वारा गठित समितिका सदस्य सरकारका पूर्व सचिव लक्ष्मण अर्याल र श्याम दाहाललाई सुझाव दिएका छन् ।
आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्रीले आइतबार कार्यालयमै आयोजना गरेको छलफल कार्यक्रममा कोशी प्रदेशका उद्योगी व्यवसायी सँग आवद्ध संघ संगठनका पदाधिकारी र चार्टर एकाउन्टेन्टहरूको सहभागिता रहेको थियो । सरकारका राजश्व सचिव महेश बराल र उपसचिव कमल भट्टराई कार्यक्रममा सहभागी थिए ।
नेपाल सरकारले चैत मसान्त भित्र उद्योगी व्यवसायी सँग कर प्रणाली सम्बन्धी सुझाव लिएर आफ्नो राय सहित प्रतिवेदन बुझाउन समितिलाई समय सिमा तोकेको छ । कार्यक्रममा सहभागि नेपाल चार्टर एकाउन्टेन्ट संस्था विराटनगर शाखाका अध्यक्ष सीए अश्विनी बंशलले उद्योगी व्यवसायीलाई प्रोत्साह गर्ने गरी कर नीति निर्माण गर्न गठित समितिलाई उद्योगी व्यवसायीका पदाधिकारीहरूले सुझाव दिएको बताए ।