मारवाडी महिलाद्वारा क्यान्सर पीडित बिरामीलाई पौष्टिक आहार वितरण 

  • चिरफार डटकम, विराटनगर १४१९  पटक हेरिएको

आइतबार, माघ २१, २०८० समय : १८:४७:५० , २ वर्ष अगाडि

मारवाडी महिला मञ्च विराटनगरले मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट टिचिङ अस्पतालको क्यान्सर पीडित बिरामी वार्डमा पौष्टिक आहार वितरण गरेका छन् । विश्व क्यान्सर दिवसको अवसरमा मारवाडी महिला मञ्च विराटनगरले क्यान्सर पीडित बिरामीलाई पौष्टिक आहार वितरण गरेको हो ।

मारवाडी महिला मञ्च विराटनगरका अध्यक्ष अमिता पेडिवाल, निवर्तमान अध्यक्ष किरण अग्रवाल, सचिव मिलन नौलखा, सहसचिव ललिता जाजु, कार्यक्रम संयोजिका निलम लोढा लगायत मञ्चका सदस्यहरूले आइतबार विराट टिचिङ अस्पतालको क्यान्सर वार्डमा पौष्टिक आहार वितरण गरेका थिए ।