- ब्रह्मदेव यादव, विराटनगर ४१९ पटक हेरिएको
सोमबार, माघ २२, २०८० समय : १४:११:३५ , ८ महिना अगाडि
मोरङको बुढीगंगा गाउँपालिकामा सञ्चालनमा रहेको विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताललाई घरबहाल कर बुझाउन गाउँपालिकाले ताकेता सुरु गरेको छ । विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल सञ्चालनमा आएयता गाउँपालिकालाई घरबहाल कर बुझाएको छैन । र घरबहाल कर बुझाउन अस्पताललाई गाउँपालिकाले ताकेता थालेको हो । बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले लामो समयदेखि घरबहाल कर बुझाउन अस्पताल प्रशासनले आलटाल गरी रहेकोले अविलम्ब घरबहाल कर बुझाउन ताकेता थालेको बताए ।
अध्यक्ष थापा मगरले चिरफार डटकम सँग कुरा गर्दै भनेः विराट अस्पतालले एक दर्जन भन्दा बढि अस्पतालका सटर व्यवसायीक परियोजनामा भाडामा लगाएर घरभाडा वापत मासिक रुपमा मोटो रकम असुली गरिरहेका छन् । तर घरबहाल कर बुझाउन आलटाल गरी गरेको छ । अध्यक्ष थापा मगरका अनुसार विराट टिचिङ अस्पतालले एउटा पसलबाट मासिक रुपमा घर भाडा वापत १ लाख ५० हजार रुपैयाँसम्म असुली गरी रहेका छन् ।
विराट टिचिङ अस्पतालले विज्ञान फार्मेसी, विराट शिवम् ट्रेड लिङ्क जस्ता औषधि पसलबाट १ लाख २० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म मासिक रुपमा घर भाडा वापत रकम असुली रहेका छन् । यस बाहेक १ दर्जन भन्दा बढि पसलबाट न्यूनतम ५० हजारदेखि १ लाख रुपैयाँसम्म मासिक रुपमा घर भाडा वापत रकम असुली गरी रहेका छन् ।
अस्पताल प्रशासनले मासिक रुपमा व्यवसायीक घर भाडा वापत मोटो रकम असुली गरी रहेका छन् । तर घर बहाल कर वापत बुढीगंगा गाउँपालिकालाई लामो समयदेखि बुझाउनु पर्ने मोटो रकम घर बहाल कर नबुझाएकोले ताकेता थालिएको बताए ।