३ वर्षदेखि राजवंशी बेपत्ता, खोजी कार्यमा राज्य उदासीन 

  • ब्रह्मदेव यादव, विराटनगर ७८३  पटक हेरिएको

मंगलबार, माघ २३, २०८० समय : १३:४७:१० , ८ महिना अगाडि

मोरङ कटहरी गाउँपालिका ३ का ३५ वर्षीय रामप्रसाद राजवंशी ३ वर्षदेखि बेपत्ता अवस्थामा छन् । तर खोजी कार्यमा राज्य उदासीन छ । रामप्रसाद राजवंशीका ६५ वर्षीय बुवा कल्पनाथ राजवंशी ६० वर्षीय आमा जानकीदेवी राजवंशी, ३० वर्षीय श्रीमती रेखादेवी राजवंशी, ११ वर्षीय जेठा छोरा बादल राजवंशी र ७ वर्षीय कान्छो छोरा आर्यन राजवंशीले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरेर बेपत्ताको खोजी गरिदिन राज्य गुहारेको छ ।

पत्रकार सम्मेलनमा पीडित परिवारले राज्यको उदासीनता प्रति गुनासो गर्दै रुवाबासी गरेका थिए । २०७७ कार्तिक ३ गते स्थानीय फर्मेस भन्ने रोकी राजवंशीले रामप्रसाद राजवंशीलाई हेटौंडाको जय माँ दुर्गा टायर रिसोलिङ सेन्टरमा जागिर लगाई दिन कटहरीबाट हेटौंडा पुर्‍याएका थिए । त्यसपछि रामप्रसाद राजवंशीसँग उनको परिवारको सम्पर्क छैन । अर्थात रामप्रसाद राजवंशी बेपत्ता अवस्थामा छ ।

स्थानीय ठेकेदार फर्मेस भन्ने रोकी राजवंशी अहिलेपनि बेला बेलामा घर कटहरी आएर फर्किने गरेका छन् । पीडित परिवारले रामप्रसाद राजवंशी खोई भन्ने प्रश्न गर्दा अहिले पनि काम गरी रहेको र मेरो सम्पर्कमा नरहेको जवाफ फर्काई रहेका छन् । २०७७ सालमै पीडित परिवारले फर्मेसका विरुद्ध मोरङ प्रहरीमा उजुरी दिएका थिए । र अहिलेसम्म फर्मेसका विरुद्ध प्रहरी कारवाही गर्न मानी रहेका छैनन् ।

फर्मेससँग प्रहरीको सेटिङ रहेकोले रामप्रसाद राजवंशीको खोजीमा प्रहरी उदासीन रहेको पीडितका बुवा कल्पनाथ राजवंशीले गुनासो गरेका छन् ।