- चिरफार डटकम, विराटनगर ४७१ पटक हेरिएको
बुधबार, माघ २४, २०८० समय : १६:५२:३३ , ८ महिना अगाडि
नेपाल उद्योग वाणिज्य महासंघ कोश प्रदेश समितिको माघ २९ गते सोमबार छैंठौ प्रदेश सभाको बैठक बस्न लागेको छ । नेपाल उद्योग वाणिज्य महासंघको विधानले प्रत्येक वर्ष माघ मसान्त भित्र प्रदेश समितिको प्रदेश सभा अर्थात साधारण सभा गर्ने व्यवस्था गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको विधानले गरेको व्यवस्था बमोजिम माघ २९ गते सोमबार कोशी प्रदेश समितिको छैठौं प्रदेश सभाको बैठक बस्न लागेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा माघ २९ गते सोमबार बिहान १०ः३० बजेदेखि विराटनगरको होटल ईस्टन स्टारमा प्रदेश सभाको बैठक आयोजनाको मिति तय गरिएको महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले जानकारी गराउनु भएको छ ।