श्री बिन्दवासिनी दुर्गा मन्दिरले ७ सय जनालाई प्रसाद वितरण गर्‍यो

  • चिरफार डटकम, विराटनगर १०१६  पटक हेरिएको

शुक्रबार, माघ २६, २०८० समय : १६:५५:५७ , २ वर्ष अगाडि

विराटनगर–५ स्थित श्री बिन्दवासिनी दुर्गा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूले शुक्रबार ७ सय जना सर्वसाधारणहरूलाई प्रसाद वितरण गरेका छन् । प्रत्येक महिनाको औँशीको दिन मन्दिर व्यवस्थापन समितिका युवाहरूले सर्वसाधारणहरूलाई प्रसाद वितरण गर्दै आइरहेका छन् ।

मन्दिर व्यवस्थापन समितिका संयोजक दिपेश टायल, प्रमोद अग्रवाल (जिन्दल), किरण ढुंगेल, रमेश इयानी, विनोद चौधरी, अमित सिंघल, पुनित मित्तल, रोहित अग्रवाल लगायत ४० जना उद्योगी व्यवसायीको सहयोगमा प्रत्येक महिना औँशीका दिन विराटनगरको कृषि भवन पछाडि मन्दिर प्राङ्गणमा सर्वसाधारणलाई प्रसाद वितरण गर्ने गरिएको छ ।