- ब्रह्मदेव यादव, विराटनगर ६८५ पटक हेरिएको
शुक्रबार, फाल्गुण ०४, २०८० समय : १८:२६:२२ , ८ महिना अगाडि
नेपाल चार्टड एकाउन्टेन्टस् संस्थाले गैर कानुनी रुपमा कारोबारको अडिट नगराउन उद्योगी व्यवसायीलाई सुझाव दिएको छ । नेपाल चार्टड एकाउन्टेन्टस् संस्थाको केन्द्रिय समिति र विराटनगर शाखाले शुक्रबार विराटनगरमा आयोजना गरेको सार्वजनिक वित्त व्यवस्थापनमा नियमनकारी निकायको भूमिका विषय छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीलाई यस्तो सुझाव दिएको हो ।
संस्थाले नेपालको संविधानले अडिट सम्बन्धी कायम गरेको व्यवस्थाको अधीनमा रहेर चार्टड एकाउन्टेन्ट र रजिस्टर अडिटर सँग मात्रै उद्योगी तथा व्यवसायी कारोबारको अडिट गराउँन उद्योगी व्यवसायीलाई सुझाव दिए । चार्टड एकाउन्टेन्ट र रजिस्टर अडिटर मात्रै कानुन सम्वत् अडिट गर्ने व्यक्ति रहेकोले यि व्यक्तिसँग मात्रै अडिट गराउँन सुझाव दिए । दोस्रो र तेस्रो तहका अडिटर कानुन सम्वत् नरहेकोले त्यस्ता गैर कानुनी व्यक्तिबाट कारोबारको अडिट नगराउन संस्थाले उद्योगी व्यवसायीलाई सचेत गराएका छन् । स्थानीय तहले अडिट गराउँन चार्टर एकाउन्टेन्ट र रजिस्टर अडिटरलाई सूचिकृत गर्न अगाडि सारेको कदमको संस्थाले विरोध गरेका छन् ।
सीए र रजिस्टर अडिटर कानुनसम्म व्यक्ति हो । र यस्ता व्यक्तिलाई स्थानीय तहले सूचिकृत गर्न अगाडि सारेको कदम कानुन सम्वत् नरहेकोले अविलम्ब खारेज गर्न संस्थाले माग गरेका छन् । नेपाल चार्टड एकाउन्टेन्ट संस्थाका केन्द्रिय अध्यक्ष सीए सुजनकुमार काफ्ले, संस्थाका विराटनगर शाखा अध्यक्ष सीए अश्विनी बंशल, सीए बिजयहरी शर्मा, मनोज अधिकारी, तीर्थ यादव, नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवन सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साह, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुभाष आचार्य, उद्योगी व्यवसायी चार्टड एकाउन्टेन्ट, रजिस्टर अडिटर र बैंक तथा वित्तिय संस्थाका पदाधिकारीहरूको छलफल कार्यक्रममा सहभागिता रहेको थियो ।