- चिरफार डटकम, विराटनगर ३५४ पटक हेरिएको
शुक्रबार, फाल्गुण ११, २०८० समय : १७:१९:३९ , ९ महिना अगाडि
कोशी प्रदेशमा झण्डै ९ लाख बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाउन लागिएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरेर फागुन १३ गतेदेखि कोशी प्रदेशको १४ वटै जिल्लाका ८ लाख ९३ हजार ९ सय ३४ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाउने अभियान सञ्चालन गर्न लागिएको जानकारी गराए ।
स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले कोशी प्रदेशको सुनसरी, मोरङ र झापा जिल्लाका ९ महिनादेखि १५ वर्ष र बाँकी ११ जिल्लाका ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाउन लागिएको बताए । स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत उदेश श्रेष्ठले पहिलो र दोस्रो चरण गरी चैत्र ३ गतेसम्म ८ हजार ३ सय ६४ खोप केन्द्र मार्फत खोप लगाउने अभियान सञ्चालन हुने बताए ।