मंगलबार बरगाछी स्मारिकाको लोकापर्ण हुँदै

  • चिरफार डटकम, विराटनगर ६०७  पटक हेरिएको

सोमबार, फाल्गुण २८, २०८० समय : १८:२६:५१ , ९ महिना अगाडि

विराटनगरमा मंगलबार बरगाछी स्मारिका पुस्तकको विमोचन हुँदैछ । बरगाछी विराटनगरको ऐतिहासिक स्थान हो । प्राज्ञ दधिराज सुवेदीले बरगाछी पुस्तकको सम्पादन गरेका छन् । जहाँ नेपाली कांग्रेसका नेताहरूको जमघट हुने स्थान पनि हो । गुराँस पुस्तकालय विराटनगरको ५४ औं स्थापना दिवसको अवसरमा बरगाछी स्मारिका पुस्तकको विमोचन हुन लागेको हो ।

नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाको प्रमुख आतिथ्यतामा आयोजना हुन लागेको गुराँस पुस्तकालय ५४औं स्थापना दिवसको कार्यक्रममा समाजसेवी दिनबन्धु गोयल र राजनैतिक पिताम्बर दाहाललाई स्व. मुक्तिप्रसाद–यदुनाथ चापागाईं सम्मानबाट सम्मानित गर्ने कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईंका स्व. मुक्तिप्रसाद चापागाईं हजुरबुवा र स्व. यदुनाथ चापागाईं बुवा रहेका छन् । स्व. मुक्तिप्रसाद चापागाईं नेपाली कांग्रेस मोरङका सभापति रहि सकेका छन् ।

नगरसभापति दिपक चापागाईंले हजुरबुवा र बुवा स्व. मुक्तप्रसाद–यदुनाथ चापागाईंको नाममा बेग्लाबेग्लै स्थापना गरेको दुई महत्वपूर्ण सम्मान गोयल र दाहाललाई प्रदान गर्न लागिएको गुराँस पुस्तकालय विराटनगरका सभापति सुनिल पाण्डेले ५४औं स्थापना दिवसको अवसरमा मंगलबार विराटनगर–३ स्थित परोपकार सामुदायिक भवनमा आयोजना गर्न लागिएको कार्यक्रममा स्व. पूर्णकुमारी श्रेष्ठ छात्रवृत्ति प्रदान गर्ने जानकारी गराएको छ ।