- ब्रह्मदेव यादव, विराटनगर ४७७ पटक हेरिएको
बिहिबार, चैत्र ०१, २०८० समय : १८:५७:५३ , ७ महिना अगाडि
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ सवारी साधन दुर्घटनामा कमी ल्याउन सचेतनामूलक अभियान सुरु गरेको छ । केही महिना अगाडि मोरङ ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक सुमन न्यौपानेले बढ्दो सवारी साधन दुर्घटनालाई न्यूनिकरण गर्नेगरी चैत्र १ गतेदेखि एक हप्ते अभियान सुरु गरेका छन् ।
मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक न्यौपानेले चैत्र १ गते बिहीबारदेखि जिल्लाको ३० भन्दा बढि स्थानमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई सवारी साधन दुर्घटना न्यूनिकरणका लागि सन्देश मूलक सामग्री लेखिएको प्ले कार्ड दिएर सचेतनामूलक अभियान सञ्चालन गरेका छन् । एक हप्तासम्म ड्युटीमा खटिने ट्राफिक प्रहरीले ड्यूटि सँगै सचेतनामूलक अभियान मार्फत सवारी साधन दुर्घटना न्यूनिकरण सम्बन्धी सन्देश प्रवाह गर्ने बताए ।
मोरङ ट्राफिक प्रहरी प्रमुख न्यौपानेले जारी गरेको आदेशलाई ड्युटीमा खटिएका मातहतका ट्राफिक प्रहरीले पालना गरेको भेटिए । नेपाल भारतसँग सिमाना जोडिएको रानी नाकाका इन्चार्ज प्रहरी नायब निरीक्षक राजकुमार बस्नेत प्ले कार्ड बोकेर सचेतनामूलक अभियानमा सक्रिय थिए ।