मारवाडी युवा मञ्चले शनिबार विराटनगरमा हास्य कवि सम्मेलनको आयोजना गर्दै

  • चिरफार डटकम, विराटनगर ३६३  पटक हेरिएको

शुक्रबार, चैत्र ०२, २०८० समय : १७:२१:२४ , ७ महिना अगाडि

मारवाडी युवा मञ्चले शनिबार विराटनगरमा हास्य कवि सम्मेलनको आयोजना गर्दैछ । होली पर्वको अवसर पारेर मारवाडी युवा मञ्चले शनिबार विराटनगरको जैन भवनमा हास्य कवि सम्मेलनको आयोजना गर्न लागेको हो । भारतका चिरपरिचित ५ जना कविहरूले हास्य कवि सम्मेलनमा होली रंगारंग विषयमा केन्द्रित रहेर कविता वाचन गर्नेछन् । कार्यक्रममा चिराग जैन, अरुण जेमिनि, शम्भु शिखर, मनिष सुक्ला र गोविन्द राठीले हास्य कविता वाचन गर्नेछन् ।

कार्यक्रमलाई हरि सिंह, उषादेवि चेरिटेवल ट्रष्टले मुख्य प्रायोजन गरेको छ । केएल दुगड ग्रुप, एसियन थाइफुड्सको रमपम चाउचाउ, हुलास, भिक्टोरिया मसला, पियुर, हाइटेक कार्पेट, देवेनारा ग्रुप, इलेक्ट्रा एण्ड इलेक्ट्रिक र फुट गेम्स, काबरा ग्रुप, राठी ग्रुप लगायत एक दर्जन भन्दा बढि उद्योगी, व्यापारी, बैंक तथा वित्तिय संस्थाहरूले कार्यक्रमलाई प्रायोजन गरेका छन् ।

मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष अंकित मारुले कार्यक्रममा ३ हजारभन्दा बढि मारवाडी समुदायका व्यक्तिहरूको सहभागिता रहने जानकारी गराएका छन् । ती सबै व्यक्ति कार्यक्रम पश्चात आयोजना हुने सामूहिक गोठ तथा प्रसाद ग्रहणमा सहभागि हुने छन् । पवन पंकज पारखलाई कार्यक्रमको संयोजकको जिम्मेवारी दिइएको छ । उद्योगी एवं समाजसेवी केएल दुगडले हास्य कवि सम्मेलनको प्रमुख आतिथ्यता ग्रहण गर्नेछन् ।