- चिरफार डटकम, विराटनगर ४४७ पटक हेरिएको
शुक्रबार, चैत्र ०९, २०८० समय : १६:३८:२३ , ७ महिना अगाडि
नेपाल यादव सेवा समितिको विराटनगर महानगर समितिले शुक्रबार विराटनगरमा होली मिलन समारोहको आयोजना गर्यो । विराटनगरमा छरिएर बसोवास गरिरहेका यादव समुदाय बिच नजिकको सम्बन्ध कायम गर्ने उद्देश्यका साथ होली मिलन समारोहको आयोजना गरिएको समितिका विराटनगर महानगर अध्यक्ष विरेन्द्र यादवले बताए ।
होली मिलन समारोहमा नेपाल यादव सेवा समितिको सुनसरी, मोरङ र झापा जिल्लाका पदाधिकारी सहित कार्यसमितिका सदस्यहरूको सहभागिता रहेको थियो । नेपाल यादव सेवा समिति विराटनगर महानगर समितिका उपाध्यक्ष कृष्णलाल यादवले विभिन्न पेसा बर्ग र व्यवसायमा आवद्ध यादव समुदाय बिच चिनजान हुँदा बेलाबखत सहयोग आदान प्रदान गर्ने सजिलो होस भन्ने उद्देश्यका साथ होली मिलन समारोहको आयोजना गरिएको बताए ।
नेपाल यादव सेवा समिति मोरङका अध्यक्ष महेश्वर यादव होली मिलन समारोहका प्रमुख अतिथि थिए । नेपाल यादव सेवा समिति सुनसरीका अध्यक्ष गोवर्धन यादव र झापा अध्यक्ष डा. सी.पी. यादव, समितिका मोरङ सल्लाहकार इन्जिनियर शत्रुघन यादव र राजकुमार यादवले होली मिलन समारोहमा सहभागि यादव समुदायलाई आपसी भाइचाराको सम्बन्ध कायम गरेर अगाडि बढ्ने गरी शुभकामना व्यक्त गरेका थिए । नेपाल यादव सेवा समिति विराटनगर महानगर समितिका सचिव एवं जनता समाजवादी पार्टी नेपालका युवा नेता राकेश रोशन यादवले कार्यक्रम सञ्चालन गरेका थिए ।