विराटनगर हार्डवेयर संघको होली मिलन समारोह

  • चिरफार डटकम, विराटनगर ६१८  पटक हेरिएको

आइतबार, चैत्र ११, २०८० समय : १३:१९:०९ , २ वर्ष अगाडि

विराटनगर हार्डवेयर संघले शनिबार होली मिलन समारोहको आयोजना गर्‍यो । विराटनगर महानगरपालिका क्षेत्रमा थोक तथा खुद्रा व्यवसाय सञ्चालन गरी रहेका हार्डवेयर व्यवसायी होली मिलन समारोहमा सहभागि भएका थिए ।

संघका अध्यक्ष प्रमोद जिन्दल, निर्वतमान अध्यक्ष मनोज बंशल, संघका उपाध्यक्ष एवं कार्यक्रम संयोजक भानु पौडेल, उपाध्यक्ष कमल जिन्दल, महासचिव देवी पोखरेल, कोषाध्यक्ष भरत खेतान, संघका संस्थापक अध्यक्ष राजकुमार गोयलले होली मिलन समारोहमा सहभागि आगन्तुकहरूलाई स्वागत गरेका थिए ।