फरार सुचीमा रहेका शिवरतन जोशीको मारवाडी युवा मञ्चले खोजी गर्‍यो

  • ब्रह्मदेव यादव, विराटनगर ५८५  पटक हेरिएको

आइतबार, चैत्र ११, २०८० समय : १७:२१:२३ , १ महिना अगाडि

मारवाडी युवा मञ्च विराटनगरले फरार सुचीमा रहेका आफ्ना पुर्व अध्यक्ष शिवरतन जोशीको खोजी गर्‍यो । मारवाडी युवा मञ्चले होली पर्वको अवसरमा शुक्रबार विराटनगरमा निकालेको होली अलबेली बरात कार्यक्रममा फरार सुचीमा रहेका पूर्व अध्यक्ष जोशीको खोजी गरेको हो । पूर्व अध्यक्ष जोशी होली अलबेली बरात कार्यक्रममा सहभागि नभई फरार भएकै कारण खोजीका लागि मारवाडी युवा मञ्च विराटनगरले ८ वर्षीय प्रहरी सहायक निरीक्षक लवेश अग्रवालको नेतृत्वमा टोली नै परिचाल गरेका थिए ।

मारवाडी युवा मञ्च विराटनगरका पूर्व अध्यक्ष गोपाल अग्रवालका छोरा कक्षा २ मा अध्ययनरत ८ बर्षिया लवेश अग्रवाललाई मारवाडी युवा मञ्च विराटनगले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदको दर्जा चिन्ह सहित पोशाक लगाएर हातमा पूर्व अध्यक्ष जोशीको फरार सूचीको फोटो झुण्डयाउन लगाएर खोजी गरेकोले सामाजिक सञ्जालमा पूर्व अध्यक्ष जोशी भाइर बनेका छन् ।

मारवाडी युवा मञ्च विराटनगरले प्रत्येक वर्ष होली पर्वको अवसरमा विराटनगरको ट्राफिक चौकबाट होली अलबेली बरात निकालेर गोल्छा चौक स्थित गोल्छा निवास पुगेर समापन हुने गरेका छन् । यस वर्ष गोल्छा निवासमा जुठो परेकोले ट्राफिक चौकबाट निस्केको होली अलबेली बरातको टोली अतिथि सदन पुगेर समापन भएको थियो । जुन बरातको टोलीलाई विराटनगरका मारवाडी समाजले भव्य स्वागत गरेका थिए ।

मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष अंकित मारुले पूर्व अध्यक्ष जोशी फरार सूचीमा रहेकोले होली अलबेली बरातमा ब्यङ्गकै रुपमा  उनको खोजी गरिएको बताए । प्रहरी सहायक नीरिक्षकको बद्रिमा रहेका लवेश अग्रवाल सँग मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे सहित धेरैले फोटो खिचाएका थिए ।