खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरलाई जनशक्ति अभाव

  • ... १६२९  पटक हेरिएको

सोमबार, माघ ०९, २०७९ समय : १६:५६:५१ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरलाई जनशक्तिको अभाव छ । कार्यालयले सोमबार आयोजना गरेको दोस्रो त्रेमासिक प्रगति समिक्षा गोष्ठीमा कार्यालय प्रखुम राजकुमार रिजालले कार्यालयमा पर्याप्त कर्मचारीको अभावमा सोचेअनुसार सेवा प्रवाह गर्न नसकिरहेको जानकारी गराए ।

कार्यालयमा कम्तिमा २५ देखि ३० जना कर्मचारीको आवश्यकता रहेको छ । जसमध्ये कार्यालयमा ४ अधिकृत सहित ८ जना कर्मचारी मात्र रहेकोले सोचे अनुसार सेवा प्रवाह हुन नसकेको बताए ।

कार्यालय प्रमुख रिजालले ६ उद्योगका विरुद्ध मुद्दा दायर गरिएको बताए । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, वाणिज्य कार्यालय विराटनगरका प्रमुख आनन्दराज पोखरेल, विराटनगर महानगरपालिकाका दिपक पौडेल, उपभोक्तावादी संस्था पब्लिक फोरम मोरङका अध्यक्ष उत्तम ढुंगेल लगायत उपभोक्तावादी संस्थाका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।