पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघमा सहमतिको प्रयास

  • ब्रह्मदेव यादव, विराटनगर ४१०  पटक हेरिएको

मंगलबार, चैत्र २०, २०८० समय : ०९:५५:३५ , ६ महिना अगाडि

पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ विराटनगरमा नयाँ कार्यसमिति गठनका लागि सहमतिको प्रयास भई रहेको छ । संघको चैत्र २७ गते १५औं साधारण सभा तथा अधिवेशन गर्ने मिति तय गरिएको छ ।

साधारण सभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने र त्यसका लागि सहमतिको प्रयास जारी रहेको संघका अध्यक्ष ध्रुव सिग्देलले बताए । मंगलबार चिरफार डटकम सँग कुरा गर्दै संघका अध्यक्ष सिग्देलले नयाँ कार्यसमिति गठनका लागि सहमति गर्ने गरी चैत्र २५ गते छलफल बोलाइएको छ ।

अध्यक्ष सिग्देलले भने अहिलेका कार्यसमिति कुनै पनि किसिमको विवादमा आएको छैन । त्यस कारण आगामी एक कार्यकालका लागि यही समितिलाई निरन्तरता दिउँ भन्ने मेरो सोचाइ छ । तर समितिका पदाधिकारी र सदस्यहरू मेरो प्रस्ताव प्रति सहमति जनाउन सक्नु भएन भने आ–आफ्नै तरिकाले उम्मेदवारी दिने बताए ।

म पनि अध्यक्षको दौडमा रहेको सिग्देलले बताए । पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ विराटनगरमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष ध्रुव सिग्देल, महासचिव शत्रुधन यादव र प्रथम उपाध्यक्ष महेन्द्र अग्रवालले दाबेदारी प्रस्तुत गरेका छन् ।