- ... ६४९ पटक हेरिएको
मंगलबार, माघ १०, २०७९ समय : १३:३८:०३ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
२०७९ फागुन २६ गते विराटनगरमा कार र्यालीको आयोजना गर्ने तयारी थालिएको छ । जसको लागि विराटनगरमा टेवलरहरु सक्रिय भएका छन् । विराटनगर राउण्ड टेवल नं. ५ ले आयोजना गर्न लागेको कार र्यालीमा नेपाल र भारतका गरेर १ सय भन्दा बढि कारको सहभागीता रहने छ ।
विराटनगर राउण्ड टेवल नं. ५ ले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरेर कार र्याली भव्य रुपमा सम्पन्न गर्न ४० लाखभन्दा बढि रुपैयाँ खर्च हुने जानकारी गराए । टेवलका अध्यक्ष यूवा उद्यमी ऋषभ दाहालले कार र्यालीका बिजेतालाई २ लाख ५० हजारभन्दा बढि रकम बराबरको यूरोप भ्रमणको टिक प्रदान गर्ने बताए । उप बिजेतालाई स्कुटर र तृतियलाई इलेक्ट्रोनिकका सामान पुरस्कार प्रदान गर्ने छन् ।
विराटनगर राउण्ड टेवल नं. ५ ले कार र्याली भव्य रुपमा सम्पन्न गर्न टेवलर बिवेक मालपानीलाई संयोजक र टेवलर हर्ष धनावतलाई सहसंयोजकको जिम्मेवारी सुम्पिएको छ । कार र्यालीका संयोजक मालपानीले र्यालीमा १ सयभन्दा बढि कार सहभागी हुने र कार र्याली सुनसरी, मोरङ र झापा जिल्लाको २ सय ५० किलोमिटर क्षेत्रको यात्रा तय गर्ने बताए ।
विराटनगरबाट दिउँसो १२ बजे निस्कने कार र्याली ६ देखि ७ घण्टाको यात्रा तय गरेर पुनः विराटनगर फर्किने छ । र टेवलले निर्धारण गरेको मापदण्ड भित्र पर्ने कार र्यालीका चालकलाई बिजेता घोषणा गर्ने छ । टेवलका प्रमुख सल्लाहकार उद्योगी राकेश सुरानाले कार र्यालीलाई भव्यरुपमा सम्पन्न गर्न प्राविधिक टोली भारतबाट ल्याउने जानकारी गराए ।
पत्रकार सम्मेलनमा टेवलका सचिव सीए पियूस लुनिया जनसम्पर्क अधिकृत सीए अश्विनी बंशल टेवलर साकेत मुरारका टेवलर पंकज दुगडको सहभागीता रहेको थियो । शिक्षा क्षेत्रमा काम गरिरहेको टेवलले कार र्यालीको आयोजना गर्न लागेको छ । र कार र्यालीबाट बचेको रकम शिक्षा क्षेत्रमा खर्च गर्ने टेवलले घोषणा गरेको छ ।
टेवलले रंगेली र विराटनगर गरेर २ विद्यालयको भवन निर्माणदेखि स्तर उन्नति र त्यहाँ अध्यनरत विद्यार्थीलाई पोशाकदेखि किताब कापीसम्म प्रदान गरिरहेको छ ।