स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले फुटबलको फाइनल जित्यो

  • ... ६७१  पटक हेरिएको

मंगलबार, माघ १०, २०७९ समय : १७:४९:०४ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

विराटनगर भन्सार कार्यालय, स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले फुटबलको फाइनल जितेको छ । ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मंगलबार आयोजित फुटबल प्रतियोगितामा विराटनगर भन्सार एजेन्ट संघलाई शुन्यका विरुद्ध १ गोल गरेर स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले फुटबलको फाइनल जितेको हो ।

विराटनगर भन्सार कार्यालय परिसरको खेल मैदानमा आयोजित फुटबल प्रतियोगिताको फाइनल खेलमा आशिष लामाले १ गोतल गर्दै स्वतन्त्र भन्सार प्रतिनिधि संगठनलाई जित दिलाएको हो । स्वतन्त्र भन्सार प्रतिनिधि संगठन सेमिफाइनलमा ट्रान्स नेपाल फेट सर्भिसेज प्रा. लि. लाई पराजित गरेर फाइनल प्रवेश गरेका थिए ।

 

सेमिफाइनलमा विराटनगर भन्सार कार्यालयलाई पराजित गरेर विराटनगर भन्सार एजेन्ट संघ फाइनल प्रवेश गरेका थिए । मंगलबार आयोजित फुटबल प्रतियोगिताको फाइनल खेलमा विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा, विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकिनन्दन शर्मा, विराटनगर भन्सार स्वतन्त्र प्रतिनिधि संगठनका अध्यक्ष नवल उपाध्याय, भन्सार अधिकृत, भन्सार कर्मचारी, भन्सार एजेन्ट र स्वतन्त्र भन्सार प्रतिनिधि संगठनका पदाधिकारीहरुको फुटबलको फाइनल प्रतियोगितामा सहभागिता रहेको थियो ।

७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले मंगलबार नै जहदा गाउँपालिका वडा नं. १ स्थित बुद्धेश्वरी माध्यमिक विद्यालयमा २ सय ५७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा, विराटनगर भन्सार स्वतन्त्र भन्सार प्रतिनिधि संगठनका अध्यक्ष नवल उपाध्यायको उपस्थितिमा विद्यालयमा आयोजित शैक्षिक सामग्री वितरण तथा जनचेतना मुलक कार्यक्रममा विद्यार्थीलाई सिमान्त क्षेत्रमा हुनेगरेको चोरी तस्करीको बारेमा जानकारी गराइएको थियो । ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा माघ १२ गते विहीबार विराटनगर भन्सार कार्यालय परिषरमा भव्य कार्याक्रम गर्ने तयारी छ ।