- ब्रह्मदेव यादव, विराटनगर ५४९ पटक हेरिएको
बुधबार, चैत्र २८, २०८० समय : १७:४६:५१ , ६ महिना अगाडि
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री केदार काकी बिच द्वन्द चर्किएको छ । प्रदेश प्रमुख खापुङ र मुख्यमन्त्री कार्कीले बेग्लाबेग्लै मितिमा प्रदेश सभाको अधिवेशन आवहन गरेपछि दुवै संवैधानिक शक्तिका पदाधिकारी बिच द्वन्द चर्किएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले २०८१ जेठ ११ गतेका लागि प्रदेश सभा अधिवेशन आवहनको पत्र प्रदेश प्रमुख खापुङको सचिवालयमा दर्ता गराएका छन् । त्यसको केही दिन पछि प्रदेश प्रमुख खापुङको सचिवालयले २०८१ बैशाख ६ गतेका लागि प्रदेश सभाको विशेष अधिवेशन आवहन गरेका छन् ।
कोशी प्रदेशमा सरकार परिवर्तनको प्रक्रिया अगाडि बढेपछि प्रदेश प्रमुख खापुङ र मुख्यमन्त्री कार्की आ–आफ्नो संवैधानिक अधिकारको प्रयोग गरेर अगाडि बढ्न खोजेपछि दुवै बिच द्वन्द चर्किएको हो । कोशी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले संविधानको अन्तिम विकल्पको रुपमा गठन भएको सरकारले विश्वासको मत नलिनु पर्ने धारणा सार्वजनिक गरेका छन् ।