- चिरफार डटकम, विराटनगर ३७४ पटक हेरिएको
आइतबार, जेठ २०, २०८१ समय : १८:४३:०५ , ४ महिना अगाडि
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को लागि सोमबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । कोशी प्रदेश सरकारको आइतबार विराटनगरमा बसेको मन्त्री परिषद्को बैठकले आगामी आर्थिक वर्ष ०८१/०८२ को लागि नीति तथा कार्यक्रम अनुमोदन गरेको छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार कोशी प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम रहेको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आइतबार मन्त्री परिषदको बैठक बसेको थियो ।