कोशी प्रदेशमा लिम्बु मन्त्री बन्दै

  • चिरफार डटकम, विराटनगर ७३०  पटक हेरिएको

मंगलबार, साउन ०८, २०८१ समय : १५:५९:३९ , ३ महिना अगाडि

कोशी प्रदेश सरकारमा जनता समाजवादी पार्टीको तर्फबाट निर्मला तावा लिम्बु मन्त्री बन्दै छिन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार पुर्नगठन हुने र त्यसमा नेपाली कांग्रेस र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी सहभागि हुने तयारी अन्तिम चरणमा पुगेको सरकार निकट समाचार सूत्रले जानकारी गराएको छ ।

नेपाली कांग्रेसले सरकारमा सहभागि हुने मन्त्रीको नाम उपलब्ध गराउन साथ कोशी प्रदेशका मुख्यमन्त्री कार्की नेतृत्वको सरकार पुर्नगठन हुने तयारी छ । संघिय सांसदमा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनले सरकार बनाएको छ ।

अशोक राई अध्यक्ष रहेको जनता समाजवादी पार्टी र महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) एमाले कांग्रेस गठबन्धन सरकारमा सहभागि छ ।

केन्द्रिय गठबन्धनलाई निरन्तरता दिदैँ कोशी प्रदेशमा जनता समाजवादी पार्टीको तर्फबाट लिम्बु मन्त्री बन्न लागेकी हुन् । जसपाका समानुपातिक सांसद लिम्बु यस अघि कोशी प्रदेश सरकारमा स्वास्थ्य मन्त्री भई सकेकी छिन् ।