“खासै जम्न सकेनन् डीआइजी खापुङ”

  • ब्रह्मदेव यादव, विराटनगर ५३८  पटक हेरिएको

बुधबार, साउन ०९, २०८१ समय : १७:२२:०० , २ महिना अगाडि

नेपाल प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डीआइजी चन्द्र कुवेर खापुङ खासै जम्न सकेनन् । एक दशक अगाडि मोरङमा प्रहरी इन्स्पेक्टर र त्यसपछि डीएसपीको हैसियतमा काम गरिसकेका डीआइजी खापुङ काम, कर्तव्य प्रति खासै सक्रिय देखिएनन् । डीआइजी खापुङ निष्कृय भइदिदा कोशी प्रदेश वासीले चाहे खोज जस्तो शान्ति सुरक्षाको अनुभुति गर्न सकिरहेको छैन ।

पछिल्लो समय विराटनगरमा तस्करीदेखि बेश्यावृक्तिसम्मले प्रसय पाइरहेका छन् । विराटनगरका होटलमा हुने बेश्यावृक्तिदेखि मसाज पार्लरसम्म खुलेआम अवैध गतिविधिले प्रसय पाइरहेका छन् । पछिल्लो समय प्रहरी बेश्यावृक्तिलाई निमूल गर्न उदासिन देखिएका छन् । जसका कारण विराटनगर पछिल्लो समय भेडेटार जस्तै रमणीय पर्यटक स्थल बनेका छन् । जहाँ प्रत्येक दिन सयौँ भारतीय पाहुनाहरू होटलदेखि मसाज पार्लरसम्म मज्जा लिई रहेका छन् ।

कोशी प्रदेश वासीले प्रदेशलाई नजिकबाट बुझेको डीआइजी खापुङको नेतृत्व पाएपनि शान्ति, सुरक्षा, अमन, चयनदेखि चोरी तस्करी नियगमन र नियन्त्रणप्रति सन्तुष्ट छैन । एक नागरिक अभियन्ताको गुनासो छ । कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुमको मोराहाङ घर भएका डीआइजी खापुङ २०८० माघदेखि नेपाल प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

७ महिना काम गरिसकेका डीआइजी खापुङले साउन ८ गते मंगलबार पत्रकार सम्मेलन गरेर प्रदेशमा अपराधको घटना बढ्दो क्रममा रहेको तथ्याङ्क सार्वजनिक गरेका छन् । डीआइजी खापुङले कोशी प्रदेशको अपराधको घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेपनि चोरी तस्करीमा वृद्धि भएको हो की कमी भएको हो भन्ने बारेमा तथ्याङ्क सार्वजनिक गर्न मानेनन् ।

पहाडी जिल्लाबाट प्रत्येक दिन मोटो परिमाणमा गाजा सुनसरी मोरङको नाका हुँदै भारत भित्रीरहेको बारेमा तथ्याङ्क सार्वजनिक गर्न मानेनन् । नेपाल भारतको अन्तर्राष्ट्रिय नाका जोगबनीबाट मोटो परिमाणमा लागूऔषध चोरी तस्करीको बाटो भएर पहाडी जिल्लासम्म पुग्ने र पहाडी जिल्लाबाट चरेस, हफिम, ब्राउन सुगर, भारत पुग्ने र यसमा बेलाबेला पक्राउ परेका व्यक्ति र गिरोहको बारेमा तथ्याङ्क सार्वजनिक गर्न मानेनन् । जिल्लाको शान्ति सुरक्षा जिल्लाको प्रहरी प्रमुखले गर्ने भन्दै आफ्नो जिम्मेवारीबाट उम्किने प्रयास गरेका छन् ।