- चिरफार डटकम, विराटनगर २३८ पटक हेरिएको
बिहिबार, साउन १०, २०८१ समय : १५:२२:५८ , २ महिना अगाडि
विराट गोल्डकप फुटबल ट्रष्ट विराटनगरले कोशी प्रदेशको मुख्यमन्त्री केदार कार्की जस्तो निडर, निर्भिक र क्षमतावान व्यक्ति हुनु पर्ने प्रतिक्रिया व्यक्त गरेका छन् । विराट गोल्डकप फुटबल ट्रष्ट विराटनगरका अध्यक्ष किशोर बहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले पूर्व मुख्यमन्त्री केदार कार्कीपछि हार्दिक आभार व्यक्त गरेका छन् । र आगामी दिनमा पुनः कोशी प्रदेशको मुख्यमन्त्री बन्न शुभकामना समेत व्यक्त गरेका छन् ।
केदार कार्की मुख्यमन्त्री भएको बेला केही समय अगाडि विराटनगरमा सम्पन्न विराट गोल्डकप फुटबल प्रतियोगितालाई २५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो । राजनैतिक गठबन्धन फेरबदल भएपछि केदार कार्की मुख्यमन्त्री पदबाट हटेका थिए । र हिक्मत कार्की मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका छन् ।
मुख्यमन्त्री हिक्मत कार्कीले विराट गोल्डकप फुटबल ट्रष्टलाई २५ लाख रुपैयाँ दिन आनाकानी गर्न थालेपछि पूर्व मुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई थ्रेटगर्दै रकम निकासा गर्न दवाव दिएका थिए । पूर्व मुख्यमन्त्री कार्कीले सचिव भट्टराईलाई फोनमा धम्कि दिएर शौचालयमा थुन्ने अभिवृत्ति दिएको भन्दै सचिव भट्टराईले संघिय र प्रदेश सरकार समक्ष उजुरी दिएका छन् । तर विराट गोल्डकप फुटबल ट्रष्टले पूर्व मुख्यमन्त्री कार्कीले गोल्डकप प्रति देखाएको अपनत्व प्रति हार्दिक आभार व्यक्त गरेका छन् ।