- चिरफार डटकम, विराटनगर २१३ पटक हेरिएको
बिहिबार, साउन १०, २०८१ समय : १५:२५:३० , ३ महिना अगाडि
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य डा. शेखर कोइराला श्रद्धाञ्जली व्यक्त गर्न बिहीबार वरिष्ठ साहित्यकार स्व. भैरुदान सुरानोको घर पुगेका छन् । विराटनगर–२ निवासी वरिष्ठ साहित्यकार ९१ वर्षीय स्व. सुरानाको साउन २ गते बुधबार निधन भएको थियो । वरिष्ठ साहित्यकार स्व. सुरानाका तीन छोरा समाजसेवी एवं राजनैतिक पवन सुराना, अशोक सुराना र अरुण सुराना क्रियामा बसिरहेको बेला श्रद्धाञ्जली व्यक्त गर्न डा. कोइराला सुराना निवास पुगेका थिए ।
नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईं डा. कोइरालालाई लिएर सुराना निवास पुगेका थिए । वरिष्ठ साहित्यकार स्व्. सुरानाका जेठा छोरा पवन सुराना, राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङका सल्लाहकार हुन् । पहिलो पटक स्वतन्त्र र दोस्रो पटक राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट टिकट पाएर विराटनगर महानगरपालिकाको वडा नं. २ बाट वडाध्यक्ष पदमा चुनाव लडेर झिनो मतको अन्तरले पराजित भएका थिए ।
श्रद्धाञ्जली व्यक्त गर्न आएका डा. कोइरालाले जुनसुकै पाटीमा रहेपनि जनताको लागि काम गर्न पवन सुरानालाई सुझाव दिएका थिए । सुरानाले जवाफमा डा. कोइरालालाई एकपल्ट देशको प्रधानमन्त्री बनेको हेर्न चाहेको बताए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्व मुख्यमन्त्री केदार कार्की, कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली, कोशी प्रदेश सभाका सभामुख अम्मरबहादुर बिष्ट, संघिय र प्रदेश सांसद, जसपा नेपालका केन्द्रिय सदस्य जयराम यादव मोरङ अध्यक्ष राजकुमार यादव, विराटनगर महानगर अध्यक्ष अमरेन्द्र यादव (दिपेश), नेता उमेश यादवले स्व. सुरानाको घरमै पुगेर श्रद्धाञ्जली व्यक्त गरिसकेका छन् ।
केही दिन अगाडि विराटनगरको जैन भवनमा विभिन्न संघ संस्थाले श्रद्धाञ्जली सभाको आयोजना गरेर स्व. सुरानाको कृति र व्यक्ति बारे चर्चा गरेका थिए । सुरानाको घरमै पुगेर दुई दर्जन भन्दा बढि संघ संस्थाहरूलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । स्व. सुरानाका कान्छो छोरा अतिथि सदन विराटनगरका उपाध्यक्ष एवं समाजसेवी अरुण सुरानाले मेरो स्व. बुवा भैरुदान सुरानाको समाज, साहित्य प्रति रहेको झुकावका कारण श्रद्धाञ्जली व्यक्त गर्न विशिष्ट व्यक्तिहरूको ओइरो लागेको बताए । स्व. सुरानाको अन्त्येष्टिमा एक हजार भन्दा बढि व्यक्तिहरूको सहभागिता रहेको थियो ।