विराटनगरमा एकल विद्यालय अभियानको अन्तर्राष्ट्रिय कार्यकर्ता सम्मेलन

  • चिरफार डटकम, विराटनगर ३८९  पटक हेरिएको

आइतबार, साउन १३, २०८१ समय : १६:५४:४६ , २ महिना अगाडि

एकल विद्यालय अभियानको अन्तर्राष्ट्रिय कार्यकर्ता सम्मेलन विराटनगरमा सम्पन्न भएको छ । ३ दिन सम्म चलेको सम्मेलनमा नेपाल, भारत, जर्मनी, अमेरिका, इङ्ल्यान्ड र भुटान गरी ६ देशका ५ सय भन्दा बढि कार्यकर्ताहरूको सहभागिता रहेको थियो । जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपालले कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तर्राष्ट्रिय कार्यकर्ता सम्मेलनको आयोजना गरेको थियो ।

विराटनगरको अन्तर्राष्ट्रिय कार्यकर्ता सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न कोशी प्रदेशका अध्यक्ष उद्योगी जितेन्द्रकुमार राठी र कार्यक्रम संयोजक उद्योगी बेनिगोपाल मुन्दडाले खुब मेहनत गरेका थिए । विश्वको विभिन्न देशबाट विनोद पौदार सहित विशिष्ट व्यक्तिहरू अन्तर्राष्ट्रिय कार्यकर्ता सम्मेलनमा सहभागिता जनाएका थिए ।

जनकल्याण प्रतिष्ठानद्वारा सञ्चालित एकल विद्यालय अभियान नेपालको स्वीकृत प्राप्त संस्था हो । जुन संस्थाद्वारा नेपालमा एक हजार २८ वटा एकल विद्यालय सञ्चालनमा रहेका छन् ।

एकल विद्यालय अभियानको नामबाट ३० वर्षभन्दा बढि समयदेखि गाउँगाउँमा एकल विद्यालय सञ्चालन भइरहेका छन् । दाताको सहयोगमा संचालित विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले हिन्दु धर्म र संस्कृतिको प्रचारप्रसार एवं संरक्षण कार्यमा जुटेका छन् ।