- ब्रह्मदेव यादव, विराटनगर ५३१ पटक हेरिएको
शुक्रबार, साउन १८, २०८१ समय : १६:५४:०८ , ३ महिना अगाडि
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि कर्मचारी खाजा खर्च शीर्षकमा १३ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले १० वर्ष मुनिका बालबालिकाहरूका लागि वार्षिक रुपमा १५ करोड रुपैयाँ खर्च गरिरहेको लोकप्रिय कार्यक्रमको बजेट कटौती गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले कर्मचारी तन्त्रलाई खुसी पार्न १ वर्षमै खाजा खर्च शीर्षकमा १२ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
पूर्व मुख्यमन्त्री केदार कार्कीले जनताले तिरेको कर वापतको रकम जनतामै फर्काउन १० वर्ष मुनिका बालबालिकाहरूका लागि निःशुल्क उपचार गर्ने वार्षिक रुपमा खर्च हुने १५ करोड रुपैयाँ खर्च धान्न नसक्ने भन्दै खुलेर त्यसको विरोध गर्ने मुख्यमन्त्री हिक्मत कार्कीले कर्मचारी तन्त्रलाई खाजा खर्च वापत विनियोजन गरेको १२ करोड ७९ लाख रुपैयाँको बारेमा आफूले जनतामाझ भण्डाफोर अभियान सञ्चालन गर्न घोषणा गरेका छन् ।
केदार कार्की मुख्यमन्त्री भएको बेलामा कोशी प्रदेशमा लगातार ६ दिन लगाएर अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्न १ करोड ६६ लाख रुपैयाँ खर्च हुने इष्टिमेट गरेका थिए । तर मुख्यमन्त्री हिक्मत कार्कीले चिया सम्मेलनका लागि इष्टिमेट गरिएको १ करोड ६६ लाख रुपैयाँ बजेटलाई बढाएर १५ करोड रुपैयाँ पुर्याएका छन् ।
जुन बजेटमा ठुलो रकम चलखेल हुने अपेक्षा गरिएको छ । पूर्व मुख्यमन्त्री केदार कार्कीले केही दिन अगाडि विराटनगरमा पत्रकार सम्मेलन गरेर सेटिङै सेटिङमा आएको बजेटको विरुद्धमा संघर्षका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिसकेका छन् । पूर्व मुख्यमन्त्री केदार कार्की र बहालवाला मुख्यमन्त्री हिक्मत कार्की बिच पछिल्लो समय सेटिङै सेटिङमा आएको बजेटको बारेमा बादप्रतिवाद जारी छ ।